मेटलाइफका ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानहरुमा विशेष छुट


मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न डिजाइन गरिएको एक विशेष अभियान सीमित अवधिको लागि सुरु गरेको घोषणा गरेको छ । यस अभियान अन्तर्गत सक्रिय ग्राहकहरुलाई डिजिटल लाइफ कार्ड सेवा तुरुन्त उपलब्ध गराइनेछ ।

विशेष अफरको लागि योग्य हुन, मेटलाइफका ग्राहकहरूले आफ्नो कुनै पनि जीवन बीमा पोलीसीको असार ३१, २०८१ अघि आफ्नो बीमाशुल्क तिर्नु पर्नेछ । उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्नेछन् । यो सुविधाद्वारा ग्राहकहरूले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकताहरूलाई पूर्ति गर्न विभिन्न छुटहरुको फाइदा लिन सक्नेछन्।

लाइफ कार्डले ग्राहकहरूलाई अस्पताल, क्लिनिक, स्वास्थ संस्था र स्पा सहित १०० भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिन्छ । यस पहलले मेटलाइफ नेपालको परम्परागत बीमा कभरेजभन्दा बाहिरका महत्त्वपूर्ण लाभहरू प्रदान गर्दै ग्राहकहरूलाई सुलभ रुपमा स्वास्थ सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यस अभियान मार्फत हामीले हाम्रा ग्राहकहरुका लागि स्वास्थ्य सेवालाई सहज बनाउँदैछौँ । यसले हाम्रा ग्राहकहरूमा पार्ने सकारात्मक प्रभावको बारेमा हामी उत्साहित छौं र उनीहरूको स्वास्थ्य सेवामा पहुच पुर्याउने तरिकाहरूमा नवप्रवर्तन गर्न जारी राख्न तत्पर छौं ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।