सुनको भाउ प्रतितोला ७०० रुपैयाँ घट्यो, बुधबार कतिमा हुँदैछ कारोबार ?


बुधबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार ७०० रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ रहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३१७ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ९१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ असार २०८१, बुधबार  १० : ५३ बजे