बाढीका कारण विराटनगर विमानस्थलमा उडान अवतरण रोकियो


विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ । विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि उडान र अवतरण रोकिएको बन्दा भएको हो ।

वास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो ।पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुनस् सुरु हुने बताइएको छ । विराटनगरमा २४ घण्टामा ३६१ मिलिमिटर पानी परेको छ ।

२०७८ साल कात्तिकमा केसलिया खोलाको बाढी बास्ता खोला हुँदै विराटनगर विमानस्थल भित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।