लक्ष्मी सनराइज बैंकको शाखा स्थानान्तरण


लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाण्डौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने छन् । स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ । हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।