हुन्डाई ईभी इन्स्टर सार्वजनिक, सिंगल चार्जमा ३५५ किलोमिटरसम्मको रेन्ज


हुन्डाई मोटरले नयाँ भर्सनको विद्युतीय गाडी इन्स्टर सार्वजनिक गरेको छ। युुुुनिक डिजाइनयुक्त इन्स्टर हुन्डाई सेगमेन्टमा सबैभन्दा सानो ईभी गाडी हो। कम्पनीले यो गाडी बुसान इन्टरनेसनल मोबिलिटी सो २०२४ मा प्रदर्शनीमा ल्याएको थियो।

क्यास्पर एसयूभीमा आधारित नयाँ ईभी ब्रान्डको सबैभन्दा सानो र विश्वव्यापी रूपमा उपलब्ध हुने सबैभन्दा किफायती विद्युतीय गाडी हुने कम्पनीले जनाएको छ।

नयाँ ईभी ३८२५ एमएम लामो, १६१० एमएम चौडा र १५७५ एमएम अग्लो छ। इन्सटरको ह्वीलवेस २५८० र बुट स्पेस २८० लिटर रहेको छ। क्यास्परकै डिजाइन क्यूमा तयार पारिएको ईभीको हेडल्याम्प क्लस्टरको वरिपरि गोलाकार एलईडी डीआरएलएस र पिक्सेल–थीम्ड टर्न सिग्नल समावेश गरिएको छ। इन्स्टरको अगाडि एएएस सेन्सर, चार्जिङ पोर्ट र हेडल्याम्प युनिटको बीचमा क्यामेरा सुविधा छ।

इन्स्टरको ड्यासबोर्डमा १०.२५ इन्च लामो दुई वटा स्क्रिन राखिएकाले डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेन्मेन्टका रुपमा काम गर्छ। गाडीमा अटो क्लाइमेट फुल एडास सुइट, कन्ट्रोल, मल्टी–फंक्सन स्टेयरिङ ह्वील, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङलगायत सुविधा उपलब्ध हुनेछन्।

यो नयाँ ईभी ४२ किलोवाट आवर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ। यसमा जडान गरिएको सिंगल मोटरले क्रमशः ९५ बिएचपी तथा ११३ बिएचपी पावर र १४७ एनएम टर्क जेनेरेट गर्छ। सिंगल चर्जमा ३५५ किलोमिटर रेन्ज दिने दाबी गरिएको हुन्डाई इन्स्टरलाई १२० किलोवाट क्षमताको डिसी चार्जरले ३० मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

एटलस ह्वाइट, टम्बोय खाकी, बिजारिम खाकी म्याट र अनब्लिच्ड आइभोरीका साथै सीएना ओरेन्ज मेटालिक, एरो सिल्भर म्याट, डस्क ब्लू म्याट, बटरक्रिम येलो पर्ल र एबीस ब्ल्याक पर्ललगायत रंग र स्वरुपमा यो गाडी उपलब्ध हुनेछ।

पेट्रोल–सञ्चालित क्यासपर डिजाइन विरासतमा निर्माण गरिएको यो गाडी स्टाइलिङ इभोलुसन, विस्तारित बडी र ह्वीलबेसका कारण अप्ठेरो सडकमा पनि गुडाउन सकिने कम्पनीको दाबी छ।

इन्स्टर हुन्डाई ईभी कोरियामा लन्च गरिनेछ भने त्यसपछि युरोप, मध्यपूर्व, एसिया प्यासिफिकलगायत क्षेत्रमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ। नेपालमा हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।