नेपालमै पहिलोपटक २२ र २५ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला


शशिला मोटर्स प्रालिले भन्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।

सीएटिएल १ सय २३ किलोवाटको लिथियम आइरन फोस्पेट ब्याट्री जडान हुने यो बसमा पूर्णरूपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने यो गाडीको लम्बाइ २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा संचालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् ।

१ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ । उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस संचालकलाई बिनाझन्जट सेवा दिने पनि बताएका छन् । दशैँलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ ।

बसको मुल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सो भन्दा केही बढ्ने कम्पनीले जनाएको छ । विगत दश बर्षदेखि ब्यवसायिक गाडीहरु विक्री वितरण गर्दै आएको शशिला मोटर्स प्रा.लि. पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भन्चे ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ । जु न स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।