सडक बत्तीको बक्यौता किस्ताबन्दीमा बुझाउन सकिने, प्राधिकरणद्वारा आवेदन माग


स्थानीय तहहरूले सडक बत्तीको बक्यौता किस्ताबन्दीमा बुझाउन पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले आइतबार सूचना जारि गर्दै किस्ताबन्दीमा बक्यौता बुझाउने ग्राहकहरुले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्न निर्देशन दिएका हो ।

प्राधिकरणले महसुल नबुझाउने सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको हो ।

प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सक्ने छन् ।

जारी सूचनामा भनिएको छ, ‘स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी ४५ दिनको सार्वजनिक सूचना जारी गर्ने भन्ने निर्णय भएको हुँदा सम्बन्धित स्थानीय तहहरूले यो सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन सकिने छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।