रिडी पावर कम्पनीको अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त

0
Shares

रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको असार १४ गते शुक्रबार सम्पन्न बैठकले रिक्त रहेको अध्यक्षको पदमा कुबेरमणि नेपाललाई नियुक्त गरिएको सञ्चालक साईका भण्डारीले जानकारी दिइन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा नेपालले विशेष अदालतबाट २०८० चैत ६ गते सफाई पाएसँगै रिडी पावरमा प्रबन्ध निर्देशक पुनर्बहाली भएका थिए ।सोभन्दा अघि सम्पत्ति शुद्धीकरण मुद्दाका कारण नेपाल पदबाट निलम्बित रहेरका थिए ।

साथै शुक्रबार बिहानको १०ः३० बजे बसेको सोही बैठकले अध्यक्ष सञ्जिव न्यौपानेले आफ्नो कार्यव्यस्तताका कारण सञ्चालक तथा अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।कम्पनीको प्रबन्ध सञ्चालकमा सञ्चालक सन्तोष अधिकारीलाई नियुत्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।