सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । आइतबार २०० रुपैयाँ बढेको सुनको भाउ सोमबार पुनः २०० रुपैयाँ बढेको हो ।
सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ रहेको छ । चाँदीको मूल्य तीन दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३२२ दशमलव ९८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ०४ पैसामा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया