हामी असारको अन्त्य तिर छौ, देशको आर्थिक वर्ष सकिनै लागेको छ, विकास निर्माणका कार्यहरु थन्को मन्को लगाउने बेला भएको छ। विकासे अड्डाहरु भुक्तानीको चक्करमा छन् भने प्राविधिकहरु घाम पानि नभनी कार्य सम्पन्न प्रतिवेदन बनाउन जोड तोडका साथ लागिरहेका छन् । जनप्रतिनिधिहरु सकेसम्म आफू सफल र अब्बल रहेको प्रमाणित गर्न आफ्ना आफ्ना योजना समय भित्रै सम्पन्न गराउन अधिकतम प्रयासरत छन् ।
किनकि हाम्रो देशमा सफलताको मापदण्ड निर्धारण गर्ने एक मात्र माध्यम भनेको कसले कति बजेट खर्च गर्यो र पाउनु पर्ने भुक्तानीमा सहजीकरण गर्यो भन्ने छ । यी तमाम कुराहरुलाई अन्तिम रुप दिने र एउटा कागजमा आफ्नो दस्तखत गरी कागजमा लेखिएको अंकलाई रकममा रुपान्तरण गर्ने भनेको प्राविधिक हो, राज्यको आधा भन्दा बढी बजेटलाई फर्चौट गर्न चाहिने शक्ति भनेको प्राविधिक शक्ति हो, यस सत्यलाई न कसैले टार्न सक्छ न की कसैले यसलाई नकार्न सक्दछ।
यी यावत तथ्यलाई केलाउदै जाने हो भने सबै भन्दा बढी समस्या ग्रस्त बढी से बढी उजुरी र अख्तियारको फन्दा र कठघरामा समेत उभीन पर्ने क्षेत्र भनेको पनि प्राविधिक क्षेत्र नै हो भन्ने कुरालाई कसैले पनि होइन भन्न सक्दैन किनभने अन्तिम सत्य यही नै हो । यही सत्यलाई टेकेर हेर्ने हो भने आजको मिति सम्म आइपुग्दा प्राविधिक क्षेत्रमा प्रवेश गर्ने युवा जोस जाँगरको ग्राफ धेरै तल झरेको कुराको प्रमाण पछिल्ला केहि वर्षहरुमा इन्जिनियरिङ अध्ययन संस्थामा विधार्थी भर्ना नहुनाले सहजै रुपमा प्रमाणित गर्दछ भने सरकारी सेवामा प्रवेश गरिसकेका प्राविधिक समेत आफ्नो करीयर लाईनै तिलाञ्जली दिई विदेश पलायन भएका घटना बारम्बार देख्न, सुन्न र पढ्न पाईन्छ।
४० हजारको हाराहारीमा रहेका देशै भरीका इन्जिनियरहरु र सोही अनुपातमा रहेका सब ईन्जिनियहरु मध्य ६०% पनि देशमा छैनन् र विदेश पलायन भई सकेका छन् । यो तथ्यले हाम्रो जस्तो अल्प विकासित राष्ट्रलाई विकासित मुलुकको दर्जामा धकेल्ने संभावनालाई क्षीण बनाउँदै छ भन्ने हेक्का नेपाल सरकारले राख्न जरुरी छ, होइन भने एक दिन यस्तो समय आउने छ देश प्राविधिक विहिन हुन नसक्ला भन्न सकिदैन ।
यी यावत कुराहरु सरकारी क्षेत्रमा कार्यरत र तत् तत् सम्बन्धित प्राविधिकहरुका भय, निजी क्षेत्रमा हेर्ने हो भने पनि प्राविधिकहरुको हालत झन् कहाली लाग्दो छ, जब एउटा ईन्जिनियरले लाखौँ खर्च गरेर ५० वटा भन्दा बढी विषयमा उतिर्ण गरेर दिनरात नभनी अध्ययन गरेर आफनो डिग्री हासिल गरी कार्य क्षेत्रमा प्रवेश गर्न खोज्दछ उसलाई पुग्ने खाजा, मोटर साइकलमा हाल्ने तेल समेत नपुग्ने गरी तलब खाई काम गर्नुपर्ने बाध्यतालाई चिर्न नसकी डिप्रेशनको शिकार समेत हुन पुगेका कयौं इतिहास भेटिन्छन्।
त्यसैगरि निजी क्षेत्रमा अर्को ठुलो समस्याको रुपमा रहेको एक अर्का प्रतिको दोषारोपण गर्दै मानमर्दनमा समेत आँच आउने गरि एक अर्का प्रति को घोचपेच शैली नेपाली प्राविधिक क्षेत्रको ठुलो समस्या हो । एउटा प्राविधिकले गरेको तील जत्रो गल्ती र कमजोरी लाई पहाड जत्रो बनाउन तल्लीन अर्को पाविधिकले भाई फुटे गवार लुटे भन्ने हेक्का राख्न नसक्दा प्राविधिक प्राविधिक बिच बैमानस्यता र शत्रुभाव बढेको कुरालाई जो कोहीले पनि नर्कान सक्दैन, अझ दुखद कुरा त के छ भने एउटा सामान्य नागरिकले पाविधिक माथि धावा बोल्ने, प्राज्ञिक ज्ञानको खिल्ली उडाउने र प्राविधिकलाई लेम्यान को दर्जामा राख्ने प्रवृतीले समेत प्राविधिकको मनोवल गीरीरहेको छ।
देशमा विधमान प्रमख राजनितिक दलका आफना आफना इन्जिनियर भातृ संगठन छन उनिहरुका शुभेच्छुक संस्थाका रुपमा आफना गतिविधि गरिरहेका छन । सामान्य नागरीकको भाषामा भन्ने हो भने प्राविधिकहरु राजनैतिक दलका झोले र हनुमान बनेका छन । एउटा राजनैतिक दलमा आस्था राख्ने प्राविधिकलाई समस्या पर्दा अर्को राजनैतिक दलमा आस्था राख्ने प्राविधिकले खुच्चीङ गर्ने, अर्काको पिडामा रमाउने पवृती मौलाउदै समेत गएको परीप्रेक्षमा तमाम प्रविधिक साथीहरुमा पहीला हामी प्राविधिक हौ त्यसपछि राजनैतिक दलका सर्मथक हौ भन्ने हेक्का राख्न म देशै भरीका प्राविधिकलाई यसै लेख मार्फत विन्म्र अनुरोध र आग्रह गर्न चाहान्छु।
हाल नेपालका बढीरहेको गलत प्रवृतिले समेत प्राविधिकको मनोवल घटीरहेको हामी सबैले देख्दै आएका छौ , प्राय जसो प्राविधिक लाई सितैमा वा अत्यन्तै कम पारिश्रमिक दिएर काम गराउन पल्केका आम नागरिकहरु प्राविधिकलाई फ्रि वाईफाई जस्तो व्यवहार गरेको सम्पुर्ण जगतलाई छर्लङगै छ, यस्ता खालका खराब प्रवृतीको समेत एकमुष्ठ रुपमा विरोध गर्न जरुरी देखिन्छ, यस्ता प्रवृतिको सामना गर्न प्राविधिकहरु समेत एक जुट हुन जरुरी छ र आफ्नो पेशागत नैतिकतालाई ध्यानमा राखि हरेक कदम चलाउनपर्ने आजको आवश्यकता हो प्राविधिक भेट्न अब टिकट काटेर भेट्नुपर्ने अवस्था श्रृजना गर्न सकेमात्र प्राज्ञीक सम्मान प्राविधिकले पाउछ भन्ने कुरामा दई मत रहदैन, त्यसकालाई देशै भरका प्राविधिक एक ढिक्का हुन जरुरी छ।
वास्तवमै धरासायी बन्दै गएको प्राविधिक क्षेत्र जो देश विकासको एक मात्र मेरुदण्ड हो, त्यसलाई जोगाउन र सही मार्गमा फर्काउन ठूलै आँट, क्षमता र दृढ इच्छा शक्ति भएको प्राविधिकको जमात आजको देशलाई खाँचो छ । एक अर्का प्रतिको हेय को दृष्टिकोण बाट हेर्ने प्रवृतिको अन्त्यको लागि अग्रगामी कदम चाल्न सक्ने युवा प्राविधिकको खाँचो अहिलेको वर्तमान अवस्थालाई चाहिएको छ । जून जमातले प्राविधिक रोजगारदाता हुन कामदार होइनन् भन्ने सिद्धान्तलाई प्रतिस्थापना गर्न जरुरी छ । प्राविधिकलाई उद्यमशीलता सँग जोड्ने गरी सानो सानो रकम जम्मा गरि कोष निर्माण गरेर प्राविधिक क्षेत्रमा उल्लेखनिय लगानी गर्न सकेमात्रै पनि विदेशीयका प्राविधिकलाई देश भित्रयाउन सफल भइनेछ र प्राविधिक उद्यमशीलताको विकास गर्न सके मात्रै पनि देश विकासमा ठूलो टेवा पुग्ने र युवा जोस जाँगरलाई देश मै खपत गर्न सकिन्छ ।
कुनै समय यस्तो थियो कि बुढापाकाले आशिर्वाद दिँदा ईन्जिनियर भएस् भन्थे । तर आज समय परिवर्तन भएको छ, आज ति आशिर्वाद कमै मात्र सुन्न पाईन्छ किनकि आज ईन्जिनियरिङ क्षेत्र र त्यसको महत्व क्षिण बन्दै गएको छ । प्राविधिक माथि हुने गरेका आरोप प्रत्यारोप आरोह अवरोहले यस क्षेत्र माथिको चाख ह्वातै घटेको छ ।
यी यावत कुराहरुलाई केलाउने हो भने हामी ईन्जिनियरिङ क्षेत्र र यसका संगठन हाँकेर हिड्ने ईन्जिनियर माथि ठूलो चूनौति आजको दिनमा आएको छ, यी सबै चूनौति र समस्यालाई समाधान गरी अब आउने पिढीको भविष्यलाई उज्वल बनाउन सकिएन भने, इतिहासले हामीलाई धिकार्ने निश्चित छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया