प्रभु इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटल

0
Shares

प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन सम्बन्धी कार्य गर्न एनआईसी एशिया क्यापिटल मार्फत हुने भएको छ । जसका लागि क्यापिटल र इन्स्योरेन्सबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

प्रभु इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पु¥याउन १०० रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १३५ दशमलव ४४ कित्ता अर्थात ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ ।

हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको छ । एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि “आईडिया टू आईपीओ” सेवा सञ्चालन गर्दै आइरहेका छ । उक्त सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन गर्ने सम्मको कार्य गरिदिने छ । यस्तै हकप्रद सेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।