अमेरिकी डलर, युरो लगायत मुद्राको भाउ बढ्यो


मंगलबार अमेरिकी डलर, युरो लगायत डलरको भाउ बढेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसामा कारोबार भइरहेको छ ।

सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४३ रुपैयाँ १७ पैसा र बिक्री दर १४३ रुपैयाँ ८२ पैसा रहेको छ । सोमबार युरोको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८० पैसा र बिक्री दर १६९ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८९ रुपैयाँ २८ पैसा रहेको छ ।

मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा र बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।