मंगलबार सुन-चाँदीको भाउ कति ?


मंगलबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । सोमबार २०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार १०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ रहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३२७ दशमलव ७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर २९ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।