‘फ्रि भिषा फ्रि टिकट कार्यान्वयन हुन सक्दैन भन्ने पहिलाे व्यक्ति म नै थिएँ’– चन्द्र ढकाल

0
Shares

नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले ल्याएको फ्रि भिषा फ्रि टिकटको व्यवस्था कार्यान्वयन हुन सक्दैन भनेर सबैभन्दा पहिला भन्ने व्यक्ति सायद आफू नै रहेको बताएका छन् ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औं स्थापना दिवस तथा ३० औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले ‘फ्रि भिषा फ्रि टिकट’ मिठो स्लोगान भएपनि सरकारले लोकप्रियता कमाउने हिसाबले मात्रै ल्याउँदा सफल नभएको बताए ।

“वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि सेवा दिए वापत सेवाशुलक लिनुपर्छ । सेवाशुलक लिइएन भने त्यो पारदर्शी हुन सक्दैन । सेवाशुल्क नलिएर फ्रि भिषा फ्रि टिकट भन्ने मिठो स्लोगान कार्यान्वयन हुन सक्दैन भनेर सबैभन्दा पहिला भन्ने व्यक्ति सायद चन्द्र ढकाल नै थियो । त्यतिबेला म उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि थिइन । एउटा व्यवसायीको रुपमा भर्खरै मात्र रेमिट्यान्सको काम सुरु गरेको थिएँ ।” उनले भने, “वैदेशिक रोजगार संघको अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघको पूर्वअध्यक्ष र श्रम तथा रोजगारमन्त्रीले समेत यस पेशालाई मर्यादित, पारदर्शी बनाउनुपर्छ भन्दै गर्दा त्यो सबै गर्नका लागि सेवाशुल्क तोकिएन भने नारामा मात्र सीमित हुनेछ ।”

वैदेशिक रोजगारीमा पठाउने अन्य मुलुकहरुसँग पनि नोपलीले प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गर्दै उनले उक्त समयमा नेपालले फ्रि भिषा फ्रि टिकटमा पठाउँछौं भन्दै गर्दा त्यहि सिट, त्यहि कोटा बंगलादेशका वैदेशिक रोजगारीमा पठाउने व्यवसायीहरुले बढिबढाउ गरेर कामदारको कोटा लिँदा असफल भएको उनको भनाई छ । कुनैपनि कामदार वैदेशिक रोजगारीमा पठाउँदा त्यसमा निश्चित लागत आउने हुँदा सेवाशुल्क वापतको रुपमा पैसा उठाउन नपाउँदा त्यो व्यवसाय पारदर्शी व्यवसाय कसरी होला भन्दै प्रश्न गरे ।

वैदेशिक रोजगार व्यवसायी र निजी क्षेत्रको प्रयासबाट वैदेशिक रोजगार व्यवसायीहरुलाई हेर्ने दृटिकोणमा पछिल्लो समय सरकार, श्रम मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायहरुले पहिलाको भन्दाधेरै राम्रो काम गरेर विभिन्न बाधा हटाउने काम समेत भएको उनको जिकिर थियो । “म दावाका साथ भन्छु वैदेशिक रोजगार व्यवसायी र निजी क्षेत्रको प्रयासबाट यो काम सम्भव भएको हो । यो पेशालाई मर्यादित, सम्माजनक र पारदर्शी हिसाबले बनाउनका लागि हामी आफैँ पनि एउटा निश्चित मापदण्डमा बसियो भने वैदेशिक रोजगार व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ ।” उचले थपे, “अहिले वार्षिक १२ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्थामा रेमिट्यान्स कम्पनीहरुले भित्र्याइरहेको रकमको श्रेय वैदेशिक रोजगार व्यवसायीकै कारणले सम्भव भएको हो ।”

कार्यक्रमा अध्यक्ष ढकालले वैदेशिक रोजगार व्यवसायीहरु नेपाल उद्योग वाणिज्य महासंघको सक्रिय सदस्य भएको हिसाबले सो क्षेत्रको मुद्दा र गर्नुपर्ने कतिपय नीतिगत विषयहरुलाई सम्बोधन गराउनका आफूले श्रम मन्त्रालय र नेपाल सरकारसँग व्यवसयाीहरुले दिने सुझावका आधारमा सहकार्य गर्ने विश्वास दिलाए ।

म्यानपावर व्यवसायीले २ खर्ब धेरै बैंकिङ्ग प्रणाली बाहिरबाट उठाउँदा सरकार चुप बस्दैनः श्रममन्त्री

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।