नुनको मूल्य बढ्यो, अब कुन नुनलाई कति पर्ने ?


साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनको मूल्य प्रतिकिलो तीन रुपैयाँले बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार आयो नुनको मूल्य २६ रुपैयाँ पुगेको छ । आयो नुन प्रतिकिलो २३ रुपैयाँमा खरिद बिक्री हुने गरेको थियो ।

यसैगरी न्यू शक्ति नुनको मूल्य प्रतिकिलो २० रुपैयाँ पुगेको छ । यसअघि न्यू शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो । साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । भानु नुनको मूल्य प्रतिकिलो ९ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।