पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध


बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ । राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० असार २०८१, बुधबार  ०७ : ३४ बजे