बुधबार सुनको मूल्य ४०० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँ रहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३३२ दशमलव ८६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ६८ पैसामा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया