भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २३ निर्माण व्यवसायीको लाइसेन्स खारेज गरेको छ । बिहीबार एक सूचना जारी गर्दै ०८० चैतमसान्तसम्म निर्माण व्यवसायी इजाजतपत्र नविकरण नगरेकाले स्वतः खारेज भएको जनाएको छ ।
निर्माण व्यवसाय ऐन २०५५ को दफा ७ को उपदफा ३ बमोजिम २३ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ । सोही ऐनको दफा ७ को उपदफा ३ मा म्यादभित्र नविकरण नभएको इजाजतपत्र स्वतःखारेज हुने उल्लेख छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार फ्युचर स्टार कन्स्ट्रक्सन, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर, मदन कन्स्ट्रक्सन, असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवालगायत २३ वटा निर्माण व्यवसायीको लाइसेन्स खारेज भएको हो ।
निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा २ मा इजाजतपत्रको अवधि समाप्त भएको प्रत्येक निर्माण व्यवसायीले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभत्र तोकिएको बमोजिमको शुल्क तिरेर इजाजतपत्र नविकरण गराउनुपर्ने उल्लेख छ ।
दफा ५ को उपदफा ३ मा म्याद नाघेको ६ महिनाभित्र इजाजतपत्र नवीकरण गराउन चाहने निर्माण व्यवसायीले तोकिए बमोजिमको थप दस्तु तिरेर इजाजत पत्र नविकरण गर्न सकिने उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया