सेयर बजार साढे पन्ध्र अंकले बढ्यो, साढे ६ अर्बको कारोबार

0
Shares

सेयर बजार साढे पन्ध्र अंकले बढेको छ । बजार परिसूचक दोहोरो अंकले बढेसँगै बिहीबार साढे ६ अर्बको धितोपत्र किनबेच भएको छ ।

बिहीबार नेप्से १५.४६ अंक बढेर २११९.६९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ०.४९ अंक, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंक बढेको छ । यसदिन ३१३ स्टकको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ८४ हजार १२६ पटकको कारोबारमा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँको धितोपत्र किनबेच भएको थियो ।

बिहीबार विकास बैंकको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेपछि ३.४३ प्रतिशतले बढेको छ । यसैगरी जीवन बीमा १.९७ प्रतिशत, लगानी १.८९ प्रतिशत र होटल तथा पर्यटनमुलक १.७५ प्रतिशतले बढेको छ । आज फाइनान्स सबइन्डेक्स ०.५९ प्रतिशत र उत्पादन तथा प्रशोधनमुलक ०.१५ प्रतिशतले घटेको छ ।

बिहीबार आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। धितोपत्र बोर्डबाट चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाएसँगै यसदिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २२७.७० रुपैयाँमा पुगेको छ । यसैगरी समाज लघुवित्तको ९.२३ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ७.२३ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंक ६.४२ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ६.०१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बिहीबारको बजारमा दोर्दीखोला जलविद्युत कम्पनीको सेयर मुल्य सबैभन्दा धेरै ४.७५ प्रतिशतले घटेर ४६१ रुपैयाँमा झरेको छ । यस्तै १०.२५% सानिमा डिबेञ्चर २०८९ को ३.७५ प्रतिशत, जानकी फाइनान्सको ३.७० प्रतिशत, न्यादी हाइड्रोपावरको ३.२५ प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेड ३.२५ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै ३० करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको सेयर ७०८ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

यसैगरी नेपाल फाइनान्स १७ करोड ६४ लाख, महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको १५ करोड ४१ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको १४ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३३ खर्ब ६२ अर्ब २१ करोड ६० लाख ९० हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।