किवानिस क्लब नेपालयद्धारा विस अटिजम फाउन्डेसनलाई ६ लाख ६० हजार सहयोग

0
Shares

किवानिस क्लब नेपालयले विस अटिजम फाउन्डेसनलाई ६ लाख ५९ हजार ९ सय ६२ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

किवानिस क्लब नेपालय मार्फत संकलन गरिएको उक्त रकम विस अटिजम फाउन्डेसनको कोषमा हस्तान्तरण गरिएको हो । क्लबका चार्टर अध्यक्ष डा.अनुपमा श्रेष्ठले उक्त रकम बराबरको चेक फाउन्डेसनलाई हस्तान्तरण गरेकी हुन ।

त्यस्तै किवानिस नेपाल डिस्टीकले विस अटिजम फाउन्डेसन नेपालसँग चार्टर डे मनाउँदै ओटी, स्पीच र सेन्सरी कोठा हस्तान्तरण गरेको छ । किवानिस नेपाल डिस्टीकका गभर्नर तीर्थ कुमार सिंहले किवानिस सेन्सरी रुम तथा उप गभर्नर डा.रामशरण थपलियाले ओटी रुम र केसीएफएनका अध्यक्ष राजन न्यौपानेले स्पीच कक्षको उद्घाटन गरेका थिए ।

विस अटिजम फाउन्डेसन संचालनका लागि सहयोग गर्ने तथा शुभेच्छा प्रदान गर्ने सबैलाई अध्यक्ष डा.अनुपमा श्रेष्ठले आभार प्रकट गरिन।

विस अटिजम फाउन्डेसनले अटिजम भएका बालबालिका लागि विशेष कक्षाहरु समेत संचालन गर्दै आइरहेको फान्डेसनका संयोजक अनुप शाहले बताए । हाल फाउन्डेसनमा १३ जना अटिजम भएका बालबालिका रहेका छ । फाउन्डेसनले आर्थिक अवस्था कमजोर भएका बच्चाहरुलाई सहुलियतमा विभिन्न प्रकारका थेरापीहरु समेत गराउँदै आएको छ। जसमध्ये एक जना बच्चलाई फाउन्डेसनले निशुल्क डे कियर र थेरापी प्रदान गर्दे आइरहेको शाहले जानकारी दिए ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।