काठमाण्डौंको विष्णुमतीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्कता अपनाउन आग्रह


काठमाण्डौंको विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले जतसतह बढ्दो क्रममा रहेको बताउँदै टेकु दोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै विभागले नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई पनि बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।