रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ


सुनको भाउ रेकर्ड मूल्यबाट घटेको छ । आइतबार एक हजार रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३८४ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ०७ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।