सामान्य बढ्यो अमेरिकी डलर, युरोमा गिरावट


मंगलबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसामा कारोबार भएको अमेरिकी डलरको भाउ मंगलबार खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ पैसामा कारोबार भइरहेको छ । सोमबार युरोको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । .

यसैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा र बिक्री दर १७१ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९० रुपैयाँ २६ पैसा रहेको छ ।.

मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा र बिक्री दर २८ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असार २०८१, मंगलबार  ०८ : ०५ बजे