पानी पर्ने मौसमलाई सिजीको ड्राइयर वासिङ मेसिन, अब अनलाइनबाट पनि खरिद गर्न सकिने


सिजीले वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधि युक्त, सि.जी वासर एन्ड ड्राइयर वासिङ मेसिन उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सि.जी.ले यो वासिङ मेसिन ल्याएको हो ।

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरि, हिट पम्प ड्राइयर टेक्नोलोजि मार्फत कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ ।

बि ड्राइभ इन्भर्टर मोटरले १४०० आर.पि.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्टारिन्ज अनि स्पिड वाश जस्ता मोडहरु छन् ।

सि.जीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सि.जीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।