सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सोमबार बसेको सञ्चालक समितिको बैठकले अनिल ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । बैठकले आजैका मितिदेखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो ।

नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।

वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ पेशा शुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । ज्ञवाली यस अघि पनि यस बैंकको संचालकमा रहिसक्नुभएको अनुभव समेत रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५७ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षमा थप ३ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।