लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


लक्ष्मी सनराइज बैंकले ८२ लाख ९७ हजार ५६५ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयरधनीहरूले आज असार ३५ दिनभित्र बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।

यो पटककको सेयर बिक्री प्रकियामा संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम अन्य व्यक्ति, संस्था वा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अगाडी बढाईने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।