सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले १ लाख ५७ हजार २९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

इन्स्योरेन्सले शेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई दिएको छ ।

विद्यमान संस्थापकहरुले सेयर खरिद नगरेमा प्रचलित अधिनमा रही अन्य व्यक्ति\संस्थालाई उपयुक्तताको जाँच गरी शेयर बिक्री गर्न सकिने इन्स्योरेन्सले जनाएको छ ।

संस्थापक सेयरधनीहरुले आज असार २५ गतेदेखि ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली ११, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।