ग्लोबल पब्लिक स्कुलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक तथा शिक्षक सम्मानित

0
Shares

काठमाडौं महानगरपालिका वडा नं ३२ मा रहेको ग्लोबल पब्लिक स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षामा उत्कृष्ट नम्बर ल्याएर उत्तीर्ण गर्ने विद्यार्थी, अभिभावक तथा शिक्षक सम्मानित भएका छन ।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका विद्यार्थीलाई विद्यालय व्यवस्थापनले सम्मान गरेको हो । स्कुलले एसईईमा ४ जीपीए ल्याउने ६ जना विद्यार्थीसहित सम्पूर्ण उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उनीहरुका अभिभावक एवम शिक्षकहरुलाई सम्मान गरेको हो।

२०८० सालकोे एसईई परिक्षामा देशैभरीबाट १८६ जनाले मात्र ४ जीपीए ल्याएर पास भएकोमा ग्लोबल पब्लिक स्कुलबाट ६ जनाले जीपीए ४ ल्याउन सफल भएका थिए । यस वर्षको एसईईमा ग्लोबल पब्लिक स्कुलबाट ५६ जनाले सहभागी भएकोमा सबैजना उत्तिर्ण भएको विद्यालयका प्रधानअध्यापक कार्कीले बताए । त्यस्तै, ३.६ देखि ४ जीपीए ४० जना, ३.२ देखि ३.६ जीपीए १४ र ३ देखि ३.२ अंक ल्याएर २ जना पास भएका छन् । उनका अनुसार ६ जनाले ४ जीपीए ल्याएर पास गर्न सफल भएका छन् ।

ग्लोबल पब्लिक स्कुलबाट श्रेय भुजु, कृतिज्ञा शिल्पकार, स्वीकृति प्याकुरेल, सुभम भट्टराई, साजन पराजुली र सृजन खण्डकाले यसवर्ष एसईईमा ४ जीपीए ल्याएका थिए ।

समग्रमा यस बर्षको एसईईको नतिजा सन्तोषजनक नरहेपनि उक्त विद्यालयले एसईईमा अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याएको हो । उत्कृष्ट नतिजा आउनुमा विद्यार्थीको लगनशीलतालाई पहिलोे श्रेय जाने प्रधानाध्यापक मात्रिका कार्कीले बताए। त्यसैगरी उनले विधार्थीका अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

प्रधानाध्यापक कार्कीले भने, एसईईमा उत्कृष्ट नतिजा ल्याउनुमा विद्यार्थीको लगनशीलतालाई सबैभन्दा ठूलो श्रेय जान्छ । राम्रो विद्यार्थीको बाहुल्यता रहेको कक्षामा कमजोर विद्यार्थीले पनि उकृष्ट नतिजा ल्याउन सफल हुन्छ । यो वर्ष त्यस्तै भएको छ । ‘ विद्यार्थीका अभिभावकलेहरूले यस विद्यालयमाथि सुम्पिएको जिम्मेवारी हामीले पूरा गर्न सफल भएका छौं । हामीले विद्यालयको कुनै प्रशंसा गरेका होइनौ। एसईईमा यस विद्यालयले ल्याएको नतिजाको श्रेय विद्यार्थीहरूको लगनशीलताका साथै विद्यालयमा पढाउने शिक्षकहरू एंवम अभिभावकलाई पनि यसको श्रेय जान्छ।’

कार्यक्रममा यस वर्ष एसईईमा ४ जीपीए ल्याएकी श्रेया भुजुले ग्लोबल पब्लिक स्कुलको वातावरणले आफु र आफ्ना सहपाठीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताइन । उनले भनिन्, ‘ग्लोबल पब्लिक स्कुलले मलाई पारिवारिक वातावरण प्रदान गर्यो । जहाँ मेरा हरेक ससाना उपलब्धिहरूमा ग्लोबल पब्लिक स्कुलको साथले ४ जीपीए ल्याउन सफल भए । यसको श्रेय सम्पूर्ण ग्लोबल पब्लिक स्कुलको परिवार र यहाँको पारिवारिक वातावरणलाई दिन चाहन्छु ।’

त्यसैगरी, एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विधार्थीहरुका अभिभावकहरूले आफ्ना बालबालिकाहरूले उत्कृष्ट नतिजा ल्याउनुमा विद्यालय व्यवस्थापन, शिक्षक शिक्षीका र विद्यालयको वातावरण महत्वपूर्ण रहेको सुनाए ।

अघिल्ला वर्षहरूमा पनि ग्लोबलले स्कुललले एसईईमा उत्कृष्ट्र नतिजा हासिल गर्दै आएको थियो। यस वर्षको नतिजा भने अहिलेसम्मकै उत्कृष्ट हो ।
२०६२ सालबाट सञ्चालनमा आएको ग्लोबल स्कुलमा हाल ६ सय हाराहारी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिब ५० जना शिक्षक–शिक्षिकाले अध्यापन गर्छन्। विद्यालयले मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।