ताप्लेजुङमा भूकम्पको धक्का


ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आएको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।