बुधबार सुन-चाँदीको भाउ कति ?


बुधबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबार चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३६७ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ८ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।