नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिज बिच ब्यापारिक साझेदारी सम्झौता


नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा।लि।र आर्कबो टेक्नोलोजिज (आइटी कम्पनी) बिच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ। नेक्सजेन म्यानेजमेन्टको मैतिदेवि स्थित कर्पोरेट कार्यालयमा असार २४ मा यो सम्झौता सम्पन्न भएको हो।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापक र सञ्चालक भुषण गिरिले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात आर्कबो टेक्नोलोजिजको ब्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले काम गर्नेछ।

यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधिहरू र उच्चस्तरीय सेवाहरूको पहुँचलाई अझ फराकिलो बनाउने विश्वास लिएको छ। आर्कबो टेक्नोलोजिज लामो समय सूचना तथा प्रविधि क्षेत्रमा अनुभव भएको ब्यक्तिहरूद्वारा प्रबर्द्धित तथा सञ्चालित आइटी कम्पनी हो। जसले बजारको बर्तमान तथा भविष्यको आवश्यकता पुरा गर्न योग्य, स्केलेबल र स्वचालित प्रणाली विकास, सञ्चालन तथा प्रबर्द्धन गर्दछ।

हाल कम्पनीले स्टिाटेजिस पिपुल म्यानेजमेन्ट सिस्टम, अफिस अटोमेसन सिस्टम, लर्नि एण्ड म्यानेजमेन्ट सिस्टम, पिपुल डेब्लोपमेन, अनलाइन इक्जामिनेसन सिस्टमजस्ता चर्चित कम्प्युटर सिष्टम विकास, प्रबर्द्धन र सञ्चालन गरिरहेको छ।

संसार नै डिजिटलमय भइरहेको छ। आर्टिफिसियल इन्टलिजेन्स भविष्यको लागि चुनौतीको रूपमा आउँदैछ। यस्तोमा नेपाली संघ संस्था र कम्पनीलाई नविनतम् प्रविधि सँग जोड्न जरूरी भैसकेको छ। आर्कबो टेक्नोलोजिजले आवश्यक सफ्टवेयर विकसित गर्ने र नेक्सजेन म्यानेजमेन्टले त्यसको बजारीकरण गर्ने गरि दुबै कम्पनी बिच साझेदारी भएको अर्कबो टेकका सञ्चालक भुषण गिरीले बताए।

सम्झौता अनुसार, नेक्सजेन म्यानेजमेन्टले अब नेपालभर आर्कबो टेक्नोलोजिजको सुचना प्रविधि सम्बन्धी प्रोडक्टहरूको पहुँच र प्रयोगलाई ब्यापकता दिन रणनितिक साझेदारी र सहयोग गर्नेछ। पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले संचालनको छोटो अवधिमा लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ।

नेपालभित्र पनि बिभिन्न कम्पनीहरूसँग सम्झौता गरि नयाँ कम्पनी स्थापना, संचालित कम्पनिलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उध्योग र बैंकर बिचमा समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई शेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।