आशा लघुवित्तको २ लाख कित्ता सेयर बिक्रीमा


आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३८ हजार ७५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

शेयर न्युनतम प्रति कित्ता मुल्य २९९ रुपैयाँ तोकिएको छ । लघुवित्तको संस्थापक सेयरमा जुन सुकै व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । लघुवित्तले यसअघि संस्थापक सेयरधनीको लागि मात्र सेयर बिक्री खुला गरेको थियो ।

संस्थापक सेयरधनीबाट आवेदन नपरेको भन्दै लघुवित्तले उक्त सेयर सर्वसाधारणका लागि खुला गरेको हो । लगानीकर्ताले आज असार २६ गतेदेखि ७ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा– १३, सांगा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्ने छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।