चिरख्वा हाइड्रोपावरको सञ्चालक समिति पुनर्गठन

0
Shares

चिरख्वा हाइड्रोपावर लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ ।

असार २३ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारणसभाले कम्पनीको नियमावली नियम २७ (२) मा संशोधन भई सञ्चालक समितिमा रहने पदाधिकारीहरुको संख्या ११ जनाबाट घटाई ९ जना कायम गर्ने निर्णय गरे बमोजिम सञ्चालक समिति पुनर्गठन भएको हो ।

पुनर्गठित सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ५ जना र साधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना र स्वतन्त्र २ जना सञ्चालक रहने गरी साधारण सभाबाट निर्णय भएको हो । सभाले साधारण सेयरधनीहरुको तर्फबाट प्रतीक्षा पौडेल र आनन्दमणी राउतलाई चार वर्षको कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको कम्पनी सचिव धान्यप्रसाद तिम्सिनाले जानकारी दिए ।

कम्पनीको अध्यक्षमा दीपक राई छन् । यस्तै संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधत्व गर्नेगरी केदारनाथ कार्की, गणेशमानसिंह कार्की, आङ दोर्जी लामा, सञ्चालक छन् । महिला सञ्चालकमा दावाजा, श्रेष्ठ (लामा) तथा स्वतन्त्र सञ्चालकहरुमा पहाड श्रेष्ठ र आङ टासी लामा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।