नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, यात्रु बेपत्ता


चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ ।

वीरगञ्जबाट काठमाण्डौंतर्फआइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाण्डौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो ।

केही यात्रु बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ७५ जनाको प्रहरी टोली खटीई खोजतलास भइरहेकोजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।