विद्युतीय प्रणाली मार्फत जेठमा ५४ खर्ब बढीको कारोबार, बैशाखको तुलनामा ३४ अर्ब घट्यो

0
Shares

राष्ट्र बैंकले ‘लेस क्यास’को अवधारण सहितको नीति अबलम्बन गर्न थालेपछि पछिल्ला दिनहरुमा विद्युतीय प्रणाली मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि हुँदै आएको छ । विद्युतीय प्रणाली मार्फत जेठ महीनामा मात्रै ५४ खर्ब १४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।

चालू आर्थिक वर्ष २०८०/८१ को एघारौं महीना जेठमा मात्रै विद्युतीय प्रणालीमार्फत १३ करोड १५ लाख ७ हजार ३४० पटक लेनदेन हुँदा ५४ खर्ब १४ अर्ब ८२ करोड ७० लाख बराबरको विद्युतीय कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो महिना वैशाखमा १२ करोड २६ लाख ४ हजार ९५३ पटक लेनदेन हुँदा ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको विद्युतीय प्रणाली मार्फत कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार ठूला कारोबार हुने प्रणाली आरटीजीसी मार्फत ७५ हजार ७८२ पटक लेनदेन हुँदा ३४ खर्ब ६१ अर्ब ५३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । राष्ट्र बैंकले वास्तविक समयमा नै कारोबार र राफसाफ गर्ने उदेश्यले ठूला रकमको भुक्तानीका लागि प्रयोग गर्न ‘आरटीजीसी’ प्रणाली सञ्चालनमा ल्याएको थियो ।

यस्तै जेठ महीनामा नेपाल क्लियरिङ्ग हाउनसकोकनेक्ट आईपीएस मार्फत ६५ लाख २८ हजार ८५२ पटक लेनदेन हुँदा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ र इलोक्ट्रोनिक्स चेक क्लियरिङ्ग (इसीसी) मार्फत ११ लाख २२ हजार २८९ पटक लेनदेन हुँदा ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँको कारोबार राफसाफ भएको छ ।

Electronic Payment Total Amount (Rs in million)
Particulars 2081 Baishak 2081 Jestha
RTGS 3579782 3461536
ATM-Cash Withdrawal 93404 91009.11
ECC 492516.2 524097.8
IPS 238113.2 218973.1
ConnectIPS 522703.7 562617.8
Debit Cards 97127.87 94782.53
Credit Cards 1899.06 2035.166
Prepaid Cards 656.211 702.028
Internet Banking 12778.25 16311.46
Mobile Banking 320189.8 351286.6
Branchless Banking 1808.779 1733.827
Wallet 28439.32 29354.33
QR-Based Payments 52756.87 53880.97
Point of Sales (POS) 5523.932 5632.761
E-Commerce 752.355 873.883
Total 5448452 5414827

 

नेपालमा आरटीजीसी, वालेट, एटिएम, आईपीएस, मोबाइल बैंकिङ, ईसीसी, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ, क्यूआर बेस पेमेन्ट, पीओएस र ई–कमर्स जस्ता विद्युतीय प्रणालीहरूमार्फत कारोबार हुने गरेको छ ।

जेठमा सबैभन्दा कम प्रिपेड कार्डमार्फत १ लाख ४ हजार २८० पटक लेनदेन हुँदा ७० करोड २० लाख रुपैयाँको कारोबार भएको देखिन्छ ।

Electronic Payment Transactions (No. of Transaction)
Particulars 2081 Baishak 2081 Jestha
RTGS 70692.00 75782.00
ATM-Cash Withdrawal 11465373.00 11467984.00
ECC 1027048.00 1122289.00
IPS 3404756.00 1329060.00
ConnectIPS 6314996.00 6528852.00
Debit Cards 12264152.00 12276802.00
Credit Cards 282790.00 288507.00
Prepaid Cards 101598.00 104280.00
Internet Banking 278421.00 330414.00
Mobile Banking 40629221.00 44372031.00
Branchless Banking 88047.00 75632.00
Wallet 27856329.00 32514968.00
QR-Based Payments 17639565.00 19820220.00
Point of Sales (POS) 1045993.00 1058154.00
E-Commerce 135972.00 142365.00
Total 122604953.00 131507340.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।