सुनको भाउ रेकर्ड बिन्दुमा


सोमबार सुनको भाउ रेकर्ड बिन्दुमा पुगेको छ । सोमबार छापावाला सुनको भाउ सामान्य बढेको हो । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार प्रतितोला २०० रुपैयाँ बढेको हो ।

सोमबार छापावाला सुनको भाउ सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो सँगै सुनको भाउले रेकर्ड कायम गरेको छ । यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा पुगेर रेकर्ड कायम गरेको थियो । आइतबार छापावाला सुनको भाउ सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४१० दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।