राष्ट्रिय वाणिज्य बैंकले गर्यो एकैपटक देशको ६ स्थानमा शाखा विस्तार


राष्ट्रिय वाणिज्य बैंकको एकैपटक देशको विभिन्न ६ स्थानमा शाखा विस्तार गरेको छ ।

बैंकले सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोक स्थित शाखा कार्यालय हरिचोकमा शाखा विस्तार गरेको हो ।

यस्तै, बैंक रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नः ६, मैनापोखर स्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै, बैंकले आईतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।