सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ७५ हजार ६७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयर मध्ये तपसिल बमोजिमको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन दिएको र उक्त निवेदन सञ्चालक समितिको विभिन्न बैठकमा पेश हुँदा रित पुयाई बिक्री गर्ने प्रकृया अघी बढाउने निर्णय भएको बैंकले जनाएको छ ।

बैंकले संस्थापक सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थमाक सेयरधनीहरुलाई दिएको छ । संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाण्डौमा आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।