बढ्यो अमेरिकी डलरको भाउ, युरोमा पनि वृद्धि


मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार १० पैसाले बढेको हो ।

मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०६ पैसामा कारोबार भइरहेको छ । सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २७ पैसामा कारोबार भइरहेको छ । सोमबार युरोको खरिद दर १४५ रुपैयाँ ४६ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ १९ पैसा र बिक्री दर १७३ रुपैयाँ ९७ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४६ पैसा र बिक्री दर ९० रुपैयाँ ८७ पैसा रहेको छ ।.

मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५७ पैसा र बिक्री दर २८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५८ पैसा र बिक्री दर ३५ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।