नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री


नवीकरणीय ऊर्जा परिसंघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई मंगलबार भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

परिसंघअन्तर्गतका सौर्य विद्युत् उत्पादक संघ नेपाल, नेपाल लघु जलशक्ति विकास संस्था, नेपाल वायोग्यास प्रवर्द्धन संघ, जल तथा ऊर्जा पराशर्मदाता संघ नेपाल लगायत संस्थाका पदाधिकारीले संयुक्तरूपमा नवनियुक्त मन्त्रीहरुलाई ऊर्जा क्षेत्रको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याउनको लागि उनीहरूको कार्यकाल सफल र फलदायी होस् भन्ने कामना गरेका छन् ।

उक्त अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै स्रोतको ।विशेष ध्यान दिनको लागि सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रलाई लिखित रुपमै आवश्यक सुझाव उपलब्ध गराउनका आग्रह गरे । त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार तयार रहेको बतए । निजी क्षेत्रलाई नतिजामुखी कार्यमा अगाडि बढ्नको लागि आग्रह गर्दै नवीकरणीय ऊर्जा परिसंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा परिसंघका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरेका थिए । नेपाल नवीकरणीय ऊर्जा परिसंघले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । परिसंघले सरकारसँग सहकार्य गर्दै नवीकरणीय ऊर्जा स्रोतहरुको प्रवर्द्धन, नीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

मंगलबार नै परिसंघले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधु प्रसाद भेटवालसँग पनि भेट गरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रको महत्वपूर्णता र प्राथमिकतामा ध्यान आकर्षित गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।