आईएमई लाइफको रेटिङमा सुधार, ‘केयर-एनपीट्रिपल बि प्लस’ रेटिङ

0
Shares

आईएमई।लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी भन्ने जनाउंँछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गरेको कम्पनीले जनाएको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष‘केयर–एनपी ट्रिपल बि’रेटिङ प्रदान गरेको थियो।

आव. २०८०/०८१ को अवधिमा आईएमई। लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो । कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको जनाएको छ ।

रेटिङ एजेन्सीले आव। २०८०/८१ मा हकप्रद तथा सार्वजनिक सेयर जारी गरे पश्चातको कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मूल्याड्ढन गरेको छ । जसले गर्दा आव। २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्तापूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।