झापाको पुँजीगत खर्च ८७ प्रतिशत


गत आर्थिक वर्ष २०८०/८१ मा झापाको पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार ४१३ रुपैयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७.०१ प्रतिशत हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार जिल्लाको पुँजीगततर्फ ५ अर्ब ५१ करोड ९१ लाख ६८ हजार ४१७ रुपैयाँ विनियोजन भएको थियो । “चालु तर्फको विनियोजित १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० मध्ये ९७.३० अर्थात १५ अर्ब ७ करोड ५६ लाख ५५ हजार ७९९ खर्च भएको छ” उनले भने ।

समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४.६० अर्थात १९ अर्ब ८७ करोड ८० लाख १० हजार २१२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ । यहाँ गत आव २०८०–८१ मा १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार ९१८ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाबाट सबैभन्दा धेरै १४ अर्ब २३ करोड १३ लाख ८३ हजार ९९० रहेको संकलन भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।