नेक्ससले महिला क्रिकेटरलाई विदेशी प्रशिक्षकबाट ६ महिना निशुल्क प्रशिक्षण दिने


नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौले महिला क्रिकेटर सम्झना खड्काले पहिलो अन्तरास्ट्रिय हाफ सेन्चुरी प्रहार गर्दै एशिया कपमा नेपाल लाई बिजयी गराएको अबसरमा महिला क्रिकेटरहरू लाई ६ महिना पुर्ण निशुल्क ट्रेनिङ को घोषणा गरेको छ ।  सम्झना खड्काले केही महिना नेक्ससको होस्टेलमा बसेर ट्रेनिङ गरेकी थिईन ।

महिला एशिया कपमा युएई बिरूद्द सम्झनाले ४५ बल मा ७२ रनको नटआउट पारी खेल्दै नेपाल लाई पहिलो जित दिलाएकी छन । यो उनको करियरकै पहिलो अन्तरास्ट्रिय हाफ सेन्चुरी हो भने नेपालको पनि एशिया कप को पहिलो हाफ सेन्चुरी हो ।

सम्झना र नेपाली महिला टिमको सफला लाई अबिस्मरणीय बनाउन नेक्सस क्रिकेट एकेडेमी ले एकेडेमी मा ट्रेनिङ गर्न चाहाने सम्पुर्ण महिला क्रिकेटर लाई पुर्ण निशुल्क ट्रेनिङ गराने कुरा नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी गराएका छन् । महिला क्रिकेटर लाई नेक्ससमा बिदेशी कोच प्रशिक्षक ले प्रशिक्षण दिईने छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।