आइतबार सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले घट्यो


साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार २ हजार रुपैयाँले घटेको सुनको भाउ आइतबार १ हजार ३०० रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुकबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव १६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५९ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।