साउनको सोमबार : पशुपति लगायत विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो (तस्बिरहरु)


साउन महिनाको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर लगायत विभिन्न शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

साउन महिना भगवान् शिवको महिना मानिने भएकोले सोमबार भगवान् शिवजीको बार भएकाले शिबको व्रत वत्र बसी पूजा, आराधना गर्ने गरिन्छ।

यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ। बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ ।

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल र रासस

पोखराको विन्ध्यवासिनी मन्दिरमा साउनको पहिलो सोमबार झरीका बीच पनि पूजा गर्न पुगेका भक्तजन । तस्बिर : धनबहादुर गुरुङ \रासस

केदारेश्वर महादेवमणी सेवाश्रम समितिको आयोजनामा सोमबार पोखरामा निकालिएको बोलबम पदयात्रामा सहभागी भक्तजनहरु । समितिले हरेक वर्ष आयोजना गर्ने बोलबम पदयात्रा पोखरा महानगरपालिका-१ गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित पोखरा महानगरपालिक-६ बैदामस्थित केदारेश्वरमा १०८ शिवलिङ्गमा जलार्पण गरिन्छ । तस्बिर : धनबहादुर गुरुङ\रासस

जनकपुरधाम उपमहानगरपालिका-१६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउँदै भक्तजन । तस्बिर : निरंजनकुमार साह \ रासस

दाङको घोराही उपमहानगरपालिका(१८ स्थित अम्बिकेश्वरी मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजा गर्न भक्तजनको घुइँचो । तस्बिर :कुलदीप न्यौपाने \रासस

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल र रासस

पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा सोमबार जलार्पण गर्न लामबद्ध भक्तजन । विशेषगरी हिन्दुधर्मालम्वीले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले आज भक्तजनको भीड भएको हो । तस्बिरः चन्द्रकला भण्डारी\रासस

साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन । विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । तस्बिर : सनद अधिकारी\रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।