नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३६ औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।  कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा भदौ ७ गतेका लागि आह्वान गरेको छ ।

साधारण सभामा कम्पनीले आफ्ना सेयरधनीहरुमा वितरण गर्न प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँको ४ प्रतिशत (२० करोड ४ लाख ६६ हजार रुपैयाँ) बोनस सेयर र १० प्रतिशत कर प्रयोजनार्थ सहित नगद (५० करोड ११ लाख ६६ हजार रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगाएतका प्रस्तावहरु पारित गर्नेछ ।

प्रस्तावित लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले साउन २४ गते बुकक्लोज गर्ने भएकोले साउन २३ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।