रियलमीको ‘जिटी ६ टी’ सार्वजनिक


रियलमीले बुधबार नेपाली बजारमा आपm्नो नयाँ उत्पादन ‘रियलमी जिटी ६ टी’ सार्वजनिक गरेको छ ।

रियलमी जिटी ६ टीको माक्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एमएएचको ब्याट्री र १२० वाट्को सुपरभोक चार्जर जस्ता विशेषताहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

रियलमी जिटी ६ टी १२ प्लस ५१२ जीबी भेरियन्टमा फ्लुइड सिल्भर र रेजर ग्रीन रंगमा उपलब्ध यसको नेपाली बजारमा मुल्य ६५ हजार ९९९ रुपैया“ रहेको कम्पनीले जानकारी दिएको छ । रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले ग्रँहकमाझ नया“ उत्पादन सार्वजनिक गर्न पाएको कम्पनी उत्साहित भएको बताए ।

कम्पनीको अनुसार यो स्मार्टफोनमा ६.७८ इन्च भएको ६ हजार निटको हाइपर डिस्प्ले र ५० मेगापिक्सेलको सोनी एलवाइटी ६०० को मुख्य क्यामारा रहेको छ । १६२ एमएमको लम्बाइ, ७५.१ एमएमको चौडाइ र ८.६५ एमएमको गहिराइले यस स्मार्टफोनको डिजाइन उत्कृष्ट बनाएको छ । १९१ ग्रामको तौल रहेको रियलमी जिटी टि ६ ह्यान्डल गर्न निकै सहज रहेको कम्पनीको दाबी छ । साथमा यसमा रहेको डुअल माइक नोइज क्यान्सिलेसनले आकर्षक अडियो अनुभव प्रदान गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।