भन्सार र अन्तःशुल्क बढाउने सरकारको नीतिपछि विद्युतीय गाडीको आयातमा भारी गिरावट

0
Shares

भन्सार र अन्तः शुल्क बढाउने सरकारको नीतिले विद्युतीय गाडीको आयातमा भारी गिरावट आएको छ । सरकारले गत जेठ १५ गते चालु आर्थिक बर्षको बजेट मार्फत इलेक्ट्रीक सवारी साधन (कार, भ्यान, जिप) मा कर बढाएको थियो । सरकारले ५० किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५/५ प्रतिशतले बढाएको थियो।

यस्तै, सरकारले १०१ देखि २०० किलोवाटसम्म भन्सार यथावत् राखेर अन्तःशुल्क बढाएको छ । त्यसभन्दा माथि २०१ देखि ३०० किलोवाटसम्म भन्सार घटाएर अन्तःशुल्क बढाएको छ । ३०० किलोवाटभन्दा बढी क्षमतामा पनि भन्सार घटाएर अन्तःशुल्क बढाएको हो ।

भन्सार विभागका अनुसार चनलु आर्थिक वर्ष (२०८०/८१) को असारमा २ सय ३५ मा मात्रै विद्युतिय सवारी आयात भएको छ । जबकी जेठसम्म मात्रै ११ हजार ४६६ वटा विद्युतिय सवारी साधन आयात भएको थियो ।

तर, गत वर्षको तुलनामा भने विद्युतिय सवारी साधानको आयात बढेको पाइएको छ । २०८०/८१ मा ११ हजार ७ सय १ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कुल चार हजार ५० विद्युतीय गाडी आयात गरिएको थियो ।
सरकारले अघिल्लो वर्षको बजेट मार्फत पेट्रोलियम पदार्थको आयातलाई न्यूनीकरण गर्नका लागि सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गरेको थियो । त्यसका लागि विद्युतको शुल्क घटाउने देखि भन्सार शुल्क समेत घटाए पछि विद्युतीय सवारीको प्रयोग बढ्दै गएको थियो ।

सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमा इन्ट्री लेभलका गाडीको कर बढाएको थियो । उक्त आर्थिक विधेयक मार्फत ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको थियो । ५० देखि १ सय किलोवाटसम्मका इलेक्ट्रक गाडीमा भने १० प्रतिशतबाट बढाएर भन्सार महसुल १५ प्रतिशत पु¥याइएको थियो । सोही रेन्जको गाडीमा गत वर्षदेखि १० प्रतिशत अन्तःशुल्क पनि पु¥याएको थियो । तर, सरकारको अहिलेको नितिले विद्युतिय सवारी साधानको आयात फेरी घट्न देखिएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरका ११ हजार ७ सय वटा इलेक्ट्रीक सवारी साधन (कार, भ्यान, जिप) आयात भएका छन् । जसबाट जम्मा १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँ बराबरको मात्र राजस्व उठ्न सकेको छ ।

एक वर्षमा साढे २९ अर्बको गाडी आयात

भन्सार विभागका अनुसार गत आवमा सरकारले २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक सवारी साधन आयात भएको छ।
जसमध्ये ८ अर्ब ६० करोड २० लाख ९ हजार रुपैयाँ बराबरको ५० किलोवाट क्षमताका ४ हजार ५७१ वटा विद्युतीय गाडी आयात भएका छन्।

यस्तै, १९ अर्ब ६७ करोड २ लाख ७९ हजार रुपैयाँ बराबरको ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ वटा विद्युतीय गाडी आयात भएका छन् । यस्तै, १ अर्ब १७ लाख ७१ हजार रुपैयाँ बराबरको १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका २१७ वटा सवारी साधन आयात भएको छ ।

यसैगरी, १९ करोड ५९ लाख ८४ हजार रुपैयाँ पर्ने २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा विद्युतीय गाडी आयात भएका छन् । यता, १ करोड २७ लाख ५१ हजार रुपैयाँ मूल्य पर्ने ३०० किलोवाटको एउटा इलेक्ट्रीक सवारी आयात भएको छ ।

एक वर्याको अवधिमा इलेक्ट्रीक सवारी साधन चीन आएको छ । चीनबाट मात्र आठ हजार ६५ विद्युतीय गाडी भित्र्याइएको विभागको तथ्यांकले देखाएको छ । यस्तै भारतबाट तीन हजार ३७७ विद्युतीय गाडी आयात भएको छ । यस्तै सरकारले एक वर्षको अवधिमा १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।