राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा

0
Shares

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको निर्णय अनुसार मुख्य प्रबन्धक राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।

२०५४ सालमा शाखा अधिकृत (तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।