शुक्रबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँ घट्यो


साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुनको भाउ ३०० रुपैयाँले घटेको छ । प्रतितोला ३०० रुपैयाँ घटेसँगै छापावाला सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३७१ दशमलव ६४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ७४ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।